१५ असार २०८३, सोमबार

३ हजार १७५ जनामा कोरोना संक्रमण, १४ संक्रमितको मृत्यु

३ हजार १७५ जनामा कोरोना संक्रमण, १४ संक्रमितको मृत्यु

पछिल्लो २४ घन्टामा ३ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१२ हजार ६०५ जनामा पीसीआर तथा एन्टीजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको बिहीवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, पछिल्लो २४ घन्टामा आरटीजेन तथा पीसीआर परीक्षणमा २ हजार ७४२ जनामा र एन्टीजेन परीक्षणमा ४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

यससँगै मुलुकभर हालसम्म ५२ लाख ५७ हजार १७५ जनामा पीसीआर परीक्षण गर्दा ९ लाख ६२ हजार ५१७ जना संक्रमित पुष्टि भएको छ । 

यस्तै ९ लाख ८१ हजार ३७१ जनामा एन्टीजेन परीक्षण गर्दा १ लाख ३२ हजार ५४६ जनामा संक्रमण पुष्टि भएको छ ।

बिहीवार ८ हजार ७२३ जना संक्रमित उपचारपछि निको भएका छन् । 

यससँगै हालसम्म ८ लाख ८७ हजार ४४३ जना संक्रमित निको भएका छन् । हाल निको भएको दर ९२.२ प्रतिशत रहेको बिहीवार मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा १४ संक्रमितको मृत्यु भएको छ ।

यससँगै हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७७८ रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म ६३ हजार २९६ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्