२२ असार २०८३, सोमबार

नियन्त्रित लागूऔषध सहित पक्राउ

नियन्त्रित लागूऔषध सहित पक्राउ

भक्तपुर नगरपालिका–२ व्यासीबाट​ नियन्त्रित लागूऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बिहीवार बिहान सूर्यविनायक बस्ने सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका-१ घर भएका ३१ वर्षीय जिवन तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट ४७ एम्पुल डाईजेपाम, ४७ एम्पुल फेनारगनर ४७ एम्पुल नुर्फिन समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

बा ९६ प ५२४७ नम्बरको स्कुटरमा सवार जिवनलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्