२३ जेठ २०८३, शनिबार

‘कारखाना’ कलाकार प्रचारमा व्यस्त, व्यापार कस्तो गर्ला?

कात्तिक २०, २०७४
‘कारखाना’ कलाकार प्रचारमा व्यस्त,  व्यापार कस्तो गर्ला?
काठमाडौं, १७ असार – चलचित्र ‘कारखाना’ यतिबेला नेपालका चलचित्र हलमा प्रदर्शन भइरहेको छ । हिजो शुक्रबार रिलिज भएको चलचित्रको प्रचारमा अभिनेता सुशील श्रेष्ठ र वर्षा शिवाकोटी प्रचारमा व्यस्त छन् ।

दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको सिनेमा सुशील श्रेष्ठ र वर्षा शिवाकोटीका लागि पनि खास सिनेमा हो किनकि चलचित्रमा उनीहरु मुख्य भूमिकामा छन् ।

भाडामा ल्याइएकी आमाको कथामा बनेको उक्त चलचित्रले पहिलो दिन नै दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ । आफ्ना फ्यानलाई सामाजिक सञ्जाल तथा मिडियाका माध्यमबाट चलचित्र हेर्न आग्रह गरिरहेका छन् कलाकार । यतिबेला नेपाल बाहिर भएकी वर्षा सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचार गर्न व्यस्त छिन् ।

नेपाली चलचित्रको बाढी आइरहेका बेला मसालेदार यो चलचित्रले कस्तो व्यापार गर्ने हो, त्यो भने केही हप्तामै थाहा हुनेछ । चलचित्रमा अभिनय गर्ने तर प्रचार नगर्ने कतिपय कलाकारको आदत नै भएपनि यो फिल्मी जोडीले प्रचारमा देखाएको इमान्दारिताले निर्मातालाई पक्कै फाइदा पुर्याएको होला ।

salt training

कमेन्ट गर्नुहोस्