२६ असार २०८३, शुक्रबार

असन्तुष्टि सम्बोधन गर्न माग गर्दै अध्यक्ष लिङ्देनलाई राप्रविसंको ध्यानाकर्षण

असन्तुष्टि सम्बोधन गर्न माग गर्दै अध्यक्ष लिङ्देनलाई राप्रविसंको ध्यानाकर्षण

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले राप्रपा भित्र महाधिवेशन पछि चुलिएकाे असन्तुष्टिलाई लिएर अध्यक्ष राजेन्द्र लिङ्देनलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

राप्रविसंका कार्यबाहक अध्यक्ष शशि भण्डारीकाे नेतृत्वमा महासचिव जनक फडेरा लगायत अधिकांश सदस्यले हस्ताक्षर गरि आज ज्ञापनपत्र बुझाएका हुन्।

राप्रविसंले बुझाएकाे ज्ञापनपत्रमा गत महाधिवेशनमा निर्मलनिवासले गरेकाे हस्तक्षेपका विषयमा छानविन गर्न माग गर्दै राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले यस अघि बुझाएकाे पत्रका सम्बन्धमा तत्काल केन्द्रीय समितिकाे बैठक बाेलाई छानविन समिति गठन गरिनुपर्ने, राप्रपाकाे वर्तमान नेतृत्व पार्टीमा पूर्वअध्यक्षहरू लगायत महत्वपूर्ण व्यक्तिहरुसँग छलफल गरेर मात्रै अगाडि बढ्नु पर्ने लगायतका तीन बुँदे माग समेटिएकाे जानकारी राप्रविसं केन्द्रीय सदस्य त्रिविक्रम सिंहले बताए । 

सिंहले भने,'यो पार्टी एकता अक्षुण राख्न र असन्तुष्टि विवाद समधानका लागि दबाव पुगोस् भन्ने उदेश्यले ध्यानाकर्षण पत्र बुझाएका हौं ।'

उनले दबाबका लागि निरन्तर कार्यक्रम गर्दै जाने बताए। ज्ञापनपत्र बुझ्दै राप्रपा अध्यक्ष लिङ्देनले भने विद्यार्थीहरुकाे मागका सम्बन्धमा उचित समयमा उचित निर्णय लिइने बताए।

राप्रपा पूर्वअध्यक्ष एवं पुर्व उपप्रधानमन्त्री कमल थापाले पनि  निर्मलनिवासकाे हस्तक्षेपमाथि छानविन गर्न यस अघि दुई पटक राप्रपा अध्यक्ष लिङ्देनलाई पत्र पठाइसकेका छन्।

salt training

कमेन्ट गर्नुहोस्