०१ असार २०८३, सोमबार

राजधानी काठमाडौं उपत्यकामा बढे शहरी पन्छी

माघ २१, २०७८
राजधानी काठमाडौं उपत्यकामा बढे शहरी पन्छी

राजधानी काठमाडौं उपत्यकामा शहरी चराको संख्या बढेको छ ।

नेपाल पन्छी संरक्षण संघले गरेको गणनामा संख्या बढेको देखिएको हो ।

हालै सम्पन्न हिउँदे गणनामा उपत्यकामा ६ हजार ७०१ वटा रेकर्डमा आएको संघले जनाएको छ ।

गत वर्ष हिउँदमा ५ हजार ७५४ वटा थिए । तथ्यांकले ९४७ वटा चरा उपत्यकामा थपिएको देखाउँछ । 

संघको तथ्यांक अनुसार ग्रामीण क्षेत्रमा पनि चराहरूको संख्या बढेको छ । सन् २०२१ मा १ हजार ५२५ मात्रै देखिएको थियो ।

चराको संख्या यस वर्ष १ हजार ८१५ पुगेको छ तर उपनगरीय क्षेत्रमा चराको सख्या घटेको छ ।

गत वर्ष २ हजार ३०३ वटा देखिए पनि यो वर्ष २ हजार १५ मात्रै रहेको संघले जनाएको छ । 

मलेवा, घर काग, घर भँगेरा, घर गौथली, डाङ्रे रुपी, जुरेली, वन रुपी, रुख भँगेरा, कालो चील र वस्तु वकुल्ला जस्ता प्रजाति सबैभन्दा बढी पाइने चराको रूपमा देखिएको छ । उक्त गणना जनवरी १ देखि ८ सम्म सञ्चालन गरिएको थियो ।

गणना प्रत्येक वर्ष गरिँदै आएको छ । काठमाडौं उपत्यकाको उत्तर, दक्षिण, पूर्व र पश्चिमका २४ वटा ट्रान्जिक्टहरूमा शहरी चराको अवलोकन गरिएको संघले जनाएको छ ।

संघले जाडो र गर्मीयाममा उपत्यकामा चराको आवागमन तथा क्रियाकलाप नियाल्दै आएको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्