३१ जेठ २०८३, आइतबार

कञ्चनपुरका ५ स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच कार्य सहमति पत्रमा हस्ताक्षर

कञ्चनपुरका ५ स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच कार्य सहमति पत्रमा हस्ताक्षर

भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नका लागि कञ्चनपुरका ५ स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच कार्य सहमति पत्रमा हस्ताक्षर गरिएको छ ।

आयोगका विज्ञ सदस्य टेकबहादुर शाह, जिल्ला समितिका अध्यक्ष देवेन्द्र ढुंगाना र पुर्नवास नगरपालिकाका तर्फबाट नगर प्रमुख जीवनराज थापा, शुक्लाफाँटा नगरपालिकाका तर्फबाट नगरप्रमुख दिलबहादुर ऐर, भीमदत्त नगरपालिकाका तर्फबाट नगर उपप्रमुख सुशीला चन्द सिंह, बेलडाँडी गाउँपालिकाका तर्फबाट अध्यक्ष धनबहादुर थापा तथा लालझाडी गाउँपालिकाका तर्फबाट अध्यक्ष मदनसेन वडायकले कार्य सहमति पत्रमा बिहीवार साँझ महेन्द्रनगरमा आयोजित कार्यक्रममा हस्ताक्षर गरेका छन् ।

कार्य सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा आयोगका विज्ञसदस्य शाहले आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन कार्य अगाडि बढाइसकेको बताए ।

केही जिल्लामा आयोगका जिल्ला समिति गठन भई कार्य प्रारम्भ भइसकेको उल्लेख गर्दै उनले केहीसँग सहमतिपत्रमा हस्ताक्षर हुने क्रम जारी रहेको बताए ।

जग्गा नापजाँचका लागि जनशक्ति आयोगले व्यवस्थापन गर्न लागेकामा जोड दिँदै उनले थप जनशक्तिका लागि स्थानीयवासीले व्यवस्थापन गर्नुपर्ने बताए । विगतका आयोगले गरेका अधुरा कार्यबाटै नयाँ काम शुरू हुने उनको भनाइ थियो ।

आयोगका जिल्ला समिति अध्यक्ष ढुंगानाले कार्यालय व्यवस्थापनको कार्य भइरहेकाले विगतमा भएका कार्यको अध्ययन गरी दु्रतगतिमा काम अगाडि बढाइने बताए ।

salt training

कमेन्ट गर्नुहोस्