×

NIC ASIA

पछिल्लो एक सातामा १०६.८२ अंकले बढ्यो नेप्से परिसूचक

माघ २१, २०७८

Prabhu Bank
NTC
प्रतीकात्मक तस्वीर ।
Premier Steels

पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १०६.८२ अंकले वृद्धि भएको छ । 

Muktinath Bank

गत साताको बिहीवार अन्तिम कारोवारको दिन नेप्से परिसूचक १५१.६१ अंकले गिरावट आएर २७६९.९३ अंकमा झरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो साता चार दिन कारोवार भएको नेप्से परिसूचक  दुई दिन बजार ओरालो लाग्दा दुई दिन भने वृद्धि भएको छ । 


Advertisment
Nabil box
Kumari

यो साताको चार दिनको कारोवारमा नेप्से परिसूचक १०६.८२ अंकले बढेर २८७६.७४ विन्दुमा पुगेको छ । 

Vianet communication

अघिल्लो साता १५१.६१ अंकले गिरावट आएको नेप्से परिसूचक यो साता भने १०६.८२ अंकले वृद्धि भएको छ ।

साताको पहिलो कारोवारको दिन आइतवार नेप्से परिसूचक १०५.५५ अंक बढेर २८८५.५३ विन्दुमा पुगेको थियो । 

उक्त दिन नेप्से सेन्सेटिभ इण्डेक्स १९.१ अंक बढेको थियो भने फ्लोट इण्डेक्स ७.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.५७ अंक बढेको थियो । 

आइतवार कारोवारमा आएका २३१ कम्पनीको एक करोड २१ लाख ५५ हजार कित्ता शेयर ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार रूपैयाँ बराबरको खरिदबिक्री भएको थियो । 

आइतवारको कारोवारमा नेप्सेसँगै कारोवार रकममा पनि उल्लेख्य सुधार भएको थियो ।

साताको दोस्रो कारोवार सोमवारको दिन शेयर बजार मापक नेप्से परिसूचक साढे १३ अंकले गिरावट आएको थियो । 

आइतवार १०५.५५ अंकले वृद्धि भएको नेप्से सोमवार भने १३.४८ अंक घटेर २८७२.०५ विन्दुमा झरेको थियो । 

सोमवार कारोवारमा आएका २२५ कम्पनीको एक करोड १ लाख ५ हजार कित्ता शेयर ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार रूपैयाँ बराबरको खरिदबिक्री भएको थियो । 

सोमवार १३ अंकले गिरावट आएको नेप्से परिसूचक मंगलवार भने वृद्धि भएको थियो । मंगलवार नेप्से १९.२९ अंकले बढेर २८९१.३४ विन्दुमा पुगेको थियो । 

मंगलवार कारोवारमा आएका २२३ कम्पनीको १ करोड २१ लाख ६७ हजार ६०५ कित्ता शेयर ६ अर्ब ५७ करोड ४ लाख ४२ हजार ४१८ रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । सोमवार ५ अर्ब १५ करोड रुपैयाँको शेयर कारोवार भएको थियो ।

साताको बुधवार भने तामाङ जातिको मुख्य पर्व सोनाम ल्होसार परेकाले सरकारले सार्वजनिक बिदा दिएको थियो । 

सार्वजनिक बिदाको दिन नेप्से कारोवार पनि बन्द हुन्छ । त्यस्तै, साताको अन्तिम कारोवारका दिन बिहीवार नेप्से सूचक १४.५८ अंकले घटेर २८७६.७५ बिन्दुमा झरेको छ । 

त्यस्तै सेन्सेटिभ सूचक समेत ३.२६ अंकले घटेको छ । फ्लोट इण्डेक्स १.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१ अंकले घटेको छ ।

बिहीवार कारोवारमा आएका २२४ कम्पनीको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता शेयर ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १६२ रूपैयाँ बराबरको कारोवार भएको छ ।

पछिल्लो एक सातामा नेप्से परिसूचकसँगै लगानीकर्ताको सम्पत्तिमा पनि वृद्धि भएको छ । गत साता दुई खर्ब १३ अर्ब ९० करोड रूपैयाँले गिरावट आएको लगानीकर्ताको सम्पत्ति यो साता भने एक खर्ब ३६ अर्ब ७४ करोड रूपैयाँले वृद्धि भएको छ । 

गत बिहीवार शेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण कूल ३९ खर्ब २८ अर्ब ६३ करोड रूपैयाँ रहेको थियो । 

यो साता एक खर्ब ३६ अर्ब ७४ करोड रूपैयाँले सम्पत्ति बढेर ४० खर्ब ६५ अर्ब ३७ करोड रूपैयाँमा पुगेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २६, २०८१

माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जित्न सफल भएको छ । मूलपानी क्रिकेट मैदानमा मंगलवार सम्पन्न फाइनलमा आईसीएफसी फाइनान्सलाई तीन विकेटले हराउँदै माछापुच्छ्रे बैंक...

बैशाख २६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वड...

जेठ १, २०८१

शेयर बजारमा मंगलबार जलविद्युतका सेयर अस्वाभाविकरुपमा बढेको छ । नेप्से परिसूचक २८.६२ अंकले बढ्दै २०२७.५१ को विन्दुमा पुगेको छ । यो साता नेप्सेमा लगातार दोस्रो दिन दोहोरो अंकको बढोत्तरी भएको हो ।  मं...

बैशाख ३१, २०८१

कुमारी बैंक लिमिटेड र टिकापुरको कैलालीस्थित फिट लाइफ क्लबबीच छुट सम्झौता भएको छ । सम्झौताअनुसार ग्राहकले क्लबबाट सेवा लिएबापत भुक्तानी गर्नुपर्ने रकम कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरमारफत गर्दा ...

बैशाख २६, २०८१

नबिल बैंक लिमिटेडले मातातीर्थ औँसीको अवसरमा ​सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । हरेकको पहिचान बनाउन साथ दिने आमालाई आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्नुपर्छ भन्ने मूल सन्देशका साथ...

बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x