०८ साउन २०८३, शुक्रबार

देशभर ४० स्थानमा हुन्डाईको चार्जिङ स्टेशन

देशभर ४० स्थानमा हुन्डाईको चार्जिङ स्टेशन

नेपालका लागि हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले इलेक्ट्रिक गाडीको चार्जिङ स्टेशन व्यापक विस्तार गर्ने भएको छ ।

कम्पनीले नेपालको सबै स्थानलाई समेट्ने गरी अहिलेसम्म देशका विभिन्न ४० स्थानमा चार्जिङ स्टेशन स्थापना गरिसकेको छ । 

कम्पनीले विक्री गर्ने विद्युतीय कारको बढ्दो मागसँगै लक्ष्मी इन्टरकन्टिनेन्टलले इलेक्ट्रिक सवारीसाधनको लागि आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर काम गरिरहेको जनाएको छ। 

हुन्डाईको इलेक्ट्रिक गाडी चढ्ने ग्राहकहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्न र लामो दुरीको यात्रा पनि इलेक्ट्रीकमा गर्न सक्ने बनाउन देशका विभिन्न स्थानमा चार्जिङ स्टेशनहरू स्थापना गर्दै आएको हो ।

नेपालको सबै हाइवे र स्थानीय रुटहरूमा पेट्रोल पम्पको एथेस्ट उपलब्धता भएता पनि इभी चार्जिङ पोइन्ट नभएकोले नै कम्पनीले क्रमिकरुपमा चार्जिङ नेटवर्क विस्तार गर्दै गएको हो । 

हुन्डाईले स्थापना गरेका यी नयाा चार्जिङ स्टेशनले चालकहरूलाई ढुक्क भएर यात्रा गर्न सहयोग पुग्ने विश्वास लिएको छ । हुन्डाईका चार्जिङ स्टेशनहरू मोवाइल फोन चार्ज गरे जतिकै सजिलोसँग गाडी चार्ज गर्न सकिन्छ । हुन्डाईले पहिलो चरणको ४० चार्जिङ स्टेशन निर्माण सकेकाले निकट भविष्यमै अरु नयाँ स्थानमा पनि चार्जिङ स्टेशन विस्तार गर्ने लक्ष्य लिएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलको अहिले देशका प्रमुख शहरहरूमा १२ वटा डिलर तथा १८ वटा सर्भिस सेन्टरबाट ग्राहकलाई सेवा दिइरहेको छ । हुन्डाई मोटर्स विश्वको टप ५ अटोमोवाइल उत्पादक मध्य हो ।

उत्कृष्ट क्वालिटीको भेहिकल बनाउँदै विश्वका करोडौं ग्राहकहरूको मन जित्न सफल भएको कम्पनीको दाबी छ । 

salt training

कमेन्ट गर्नुहोस्