०२ असार २०८३, मंगलबार

गोकर्णेश्वरका विद्यालय आइतवारदेखि खुल्ने

गोकर्णेश्वरका विद्यालय आइतवारदेखि खुल्ने

गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालय आगामी आइतवारदेखि खुल्ने भएका छन् । नगरपालिकाले सूचना जारी गर्दै विद्यालय खुल्ने जानकारी दिएको हो । 

नगरपालिकाले नगरभित्रका सबै विद्यालय भौतिक दूरीसहित स्वास्थ्य  मापदण्ड पूरा गरी सञ्चालन गर्न अनुरोध गरेको छ । मापदण्ड पूरा गरे/नगरेको अनुगमन गर्ने नगरपालिकाका शिक्षा, स्वास्थ्य तथा खेलकुद शाखाका उपसचिव विजयप्रसाद आचार्यले जानकारी दिए । 

विद्यालय सम्बद्ध विभिन्न पेशागत संघ संगठनको मागअनुसार कक्षा सञ्चालन गर्ने निर्णय गरिएको सूचनामा उल्लेख छ । 
 

salt training

कमेन्ट गर्नुहोस्