०१ असार २०८३, सोमबार

नगरपालिकाको वडा कार्यालयमा एमसीसीविरुद्धको ब्यानर !

नगरपालिकाको वडा कार्यालयमा एमसीसीविरुद्धको ब्यानर !

अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध स्थानीय तहबाट पनि विरोधका स्वरहरू उठ्न थालेका छन् । 

रूपन्देहीको सैनामैना नगरपालिका–६ को वडा कार्यालयमा ‘एमसीसी चाहिँदैन देश बेच्न पाइँदैन’ भन्ने ब्यानर विरोध स्वरुप राखिएको छ । 

स्थानीय युवा दिनेश पोखरेलले कुनै पार्टीगत नभई स्वतन्त्र रुपमा एससीसीको विरोधमा झण्डा राखिएको बताए । 

‘अहिले यो विषय सबैको चासोमा छ,’ पोखरेलले भने, ‘म, मेघराज पाण्डे र बालानन्द भुर्तेललगायतको टीमले देशका लागि आवश्यक नभएको एमसीसीको विरोध स्वरुप यो ब्यानर बनाएर वडा कार्यालयमा राखिएको हो ।’

सैनामैना नगरपालिका–६ का वडाध्यक्ष वसन्त पाण्डेले कसले ब्यानर राखेको हो आफूलाई कुनै जानकारी नभएको बताए ।


 

salt training

कमेन्ट गर्नुहोस्