०५ असार २०८३, शुक्रबार

मंगलापुर-कान्छीबजार सडक बनाउन ग्लोबल टेण्डर, दुई वर्षभित्र निर्माण सक्नुपर्ने

मंगलापुर-कान्छीबजार सडक बनाउन ग्लोबल टेण्डर, दुई वर्षभित्र निर्माण सक्नुपर्ने

रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मंगलापुर–कान्छीबजार सडक निर्माणको लागि ग्लोबल टेण्डर आह्वान भएको छ । ग्लोबल टेण्डरबाट निर्माण हुन थालेको यो तिलोत्तमा नगरपालिकाको पहिलो विकास आयोजना हो । 

सडक निर्माणको लागि योग्यता पुगेका अन्तर्राष्ट्रिय निर्माण कम्पनी पनि टेण्डरमा सहभागी हुन पाउने छन् ।

मंगलापुर–कान्छीबजार सडक विश्व बैंकको सहयोगमा शहरी विकास मन्त्रालयको शहरी शासकीय तथा पूर्वाधार आयोजना (एनयूजीूआईपी) मार्फत् निर्माण हुन थालेको हो । 

निकै लामो तयारीपछि विभिन्न प्रक्रिया पार गर्दै सडक निर्माणको लागि शुक्रवार टेण्डर आह्वान भएको छ ।

ग्लोबल टेण्डरमा निर्माण कम्पनीहरूले सूचना प्रकाशित भएको ४५ दिनभित्र आवेदन गर्न सक्नेछन् । कार्यसम्झौताको दुई वर्षभित्र निर्माण सक्ने गरी तिलोत्तमा नगरपालिकाले टेण्डर आह्वान गरेको हो । 

नगर प्रमुख वासुदेव घिमिरेले विभिन्न प्रक्रिया पार गर्दै सडक निर्माणको लागि टेण्डर आह्वान हुनु सबैको लागि खुशीको कुरा रहेको बताउँदै यो सडक यस क्षेत्रकै लागि नमूना हुने विश्वास व्यक्त गरे । 

अस्फाल्ट मेट्रियलको प्रयोग हुने यो सडक आयोजनाको कुल लागत ७९ करोड ५५ लाख रहेको नगरपालिकाका योजना प्रमुख ई.प्रदीप वनले जानकारी दिए । सडक निर्माणको क्रममा खानेपानी, विद्युत्, टेलिफोनका पोल व्यवस्थापनका सबै काम हुनेछन् । 

फुटपाथ, नालीसहित ४३ फुट कायम गरिएको यो सडक पहिलो चरणमा ५ किलोमिटर निर्माणको लागि टेण्डर आह्वान भएको हो । 

बाँकी रोहिणी पुलसम्मको सडक निर्माणको काम क्रमशः अघि बढ्ने नगरपालिकाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्