२८ जेठ २०८३, बिहीबार

रणविर भन्छन्ः कैटरिना सधै मेरो जिन्दगीमा रहुन्

कात्तिक २०, २०७४
रणविर भन्छन्ः कैटरिना सधै मेरो जिन्दगीमा रहुन्

मुम्बई – ब्रेकअपपछि रणविर–कैटरिनाको ‘जग्गा जासुस’ मा पहिलो पटक काम गर्दैथे । काम गर्ने बेलामा पनि यी दुईलाई राम्रो सम्बन्ध नभएको समाचार बाहिर आएको थियो । यही कारणले गर्दा फिल्म पूरा हुन पनि तीन वर्ष लाग्यो । तर, अहिले फिल्म प्रचारको बेलामा भने यी दुई एकअर्कामा सहज बनेका छन् ।

एक कार्यक्रममा रणविरले कैटरिनाको तारिफ समेत गरे । आफूले आफ्नो परिवारबाहेक अरुसँग केही सिकेको भए त्यो कैटरिनासँग नै सिकेको रणविरले एक अन्तर्वार्तामा भनेका छन् । ‘हाम्रो दश वर्षको संगतमा मैले कैटरिनाबाट धेरै कुरा सिकेको छु, यसको क्रेडिट मैले उनैलाई दिन चाहन्छु ।’, उनले भनेका छन्, ‘म चाहन्छु कि, उनी सधै मेरो साथ रहुन् ।’

साथै उनले उक्त अन्तर्वार्तामा मिडियामा आएअनुसार बोलचाल नै बन्द भएको, अन्जान जस्तो बनेर एकअर्कालाई मतलब नगरेको भन्ने कुरामा सत्यता नभएको बताए । ब्रेकअप भएपनि कैटरिना र आफू एकदमै मिल्ने साथी रहेको समेत उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्