०१ असार २०८३, सोमबार

१०० ठाउँको नतिजा ‘आउट’ एमाले पहिलो, कांग्रेस दोस्रो, तेस्रोमा माओवादी

कात्तिक २०, २०७४
१०० ठाउँको नतिजा ‘आउट’ एमाले पहिलो, कांग्रेस दोस्रो, तेस्रोमा माओवादी
काठमाडौं, १७ असार– असार १४ गते सम्पन्न दोस्रो चरणको निर्वाचनको मतगणना जारी छ । प्रदेश नम्बर १, ५ र ७ नम्बर प्रदेश अन्तर्गतका ३ सय ३४ स्थानीय तहको मतगणनाको परिणाम अाउने क्रम जारी छ ।

पछिल्लो परिणाम अनुसार ३ सय ३४ मध्ये एक सय स्थानको नतिजा सार्वजनिक भएको छ । जस अनुसार नेकपा एमालेले अग्रता बनाएको छ । एमालेले ४३ स्थानीय तहमा जित्दा कांग्रेसले ३५ स्थानीय तहमा जितेको छ ।

त्यस्तै तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले १९ स्थानीय जितेको छ । तेस्तै राष्ट्रिय जनमोर्चाले २ स्थानमा जित निकाल्दा समाजवादी फोरमले एक स्थानमा जितेको छ ।

यो पनि पढ्नुहोस्

प्रदेश नम्बर एक : एमालेले १८ ठाउँ जित्दा कांग्रेस १०, माओवादी ५

प्रदेश नम्बर पाँच : एमालेको अग्रता, कांग्रेस–माओवादी पछिपछि

सात नम्बर प्रदेशको गणित : कांग्रेसले सात नगरपालिका जित्दा एमालेले एउटा जित्यो, स्थानीय तहभने बराबर

salt training

कमेन्ट गर्नुहोस्