०८ असार २०८३, सोमबार
दुर्घटना

बेहुली लिएर फर्किरहेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

बेहुली लिएर फर्किरहेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

प्युठानमा बेहुला–बेहुली सवार जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

प्युठानको नौबहिनी गाउँपालिकाबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग१ज ५०९२ नम्बरको जीप ओखरपाटामा दुर्घटना भएको हो ।

दुर्घटनामा ६ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको प्युठानका प्रमुख जिल्ला अधिकारी (सीडीओ) खिमराज भुसालले जानकारी दिए ।

शनिवार बिहान ३ बजेतिर दुर्घटना भए पनि ५ बजेतिर मात्रै थाहा पाइएको सीडीओ भुसालले बताए । जीपमा १३ जना सवार थिए ।

पहिरो परेका कारण जीप दुर्घटना भएको प्रारम्भिक जानकारी आएको भुसालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्