१० असार २०८३, बुधबार

राष्ट्र बैंकको परिपत्र : अब भुक्तानीमा सहज पहुँच

माघ २२, २०७८
राष्ट्र बैंकको परिपत्र : अब भुक्तानीमा सहज पहुँच

 भुक्तानी प्रणालीलाई झन्झटमुक्त र पहुँच पुर्‍याउन नेपाल राष्ट्र बैंकले अन्तरआबद्धता (इन्टरअपरेबिलिटी) को व्यवस्था गरेको छ। भुक्तानी प्रणाली अन्तरआबद्धता भन्नाले एउटा संस्थाको वालेट, क्यूआर कोडजस्ता सबैखाले उपकरण (साना भुक्तानी प्रणाली) अर्को संस्थाका ग्राहकले प्रयोग भुक्तानी गर्न पाउनु हो।

यसअघि जुन संस्थाको ग्राहक हो त्यसले मात्रै प्रयोग गर्न पाउँथे। अब सबैखाले वालेट प्रयोगकर्ताले प्रयोग गरी भुक्तानी गर्न पाउने भएका छन्। राष्ट्र बैंकले शुक्रबार परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो। राष्ट्र बैंकमा हालसम्म भुक्तानी सेवा प्रदायकअन्तर्गत ई–सेवा, खल्ती, आईएमई–पे जस्ता २७ वटा संस्था दर्ता छन्। साथै १० वटा वटा भुक्तानी प्रणाली सञ्चालक छन्। अब कुनै एक वालेट तथा एप्सका प्रयोगकर्ताले अन्य वालेटमा समेत कारोबार गर्न पाउँछन्। यसका लागि सो वालेट कम्पनीले अन्तरआबद्धताको व्यवस्था गर्नु पर्नेछ। ममता थापाको बाइलाइनमा अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्