०५ असार २०८३, शुक्रबार

चौरासी पूजाको रकमबाट विद्यालयमा अक्षयकोष स्थापना

चौरासी पूजाको रकमबाट विद्यालयमा अक्षयकोष स्थापना

पाल्पाको रैनादेवी छहरा–५ मुझुङ्गमस्थित कालिका माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ ।

मुझुङ्गका नारायणबहादुर रायमाझीले बुवा चित्रबहादुर रायमाझीको चौरासी पूजा नगरी सो बापतको रकम १ लाख ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका विद्यालयले जनाएको छ । 

विद्यालयमा अध्ययनरत कक्षा १–१० सम्मका असहाय तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न बुवा र स्वर्गीय आमा बोधकुमारीको नाममा अक्षयकोष स्थापना गरेका विद्यालयका प्रधानाध्यापक श्रमण अर्घालीले बताए ।

रुपन्देहीको बुटबल उपमहानगरपालिका–६ अस्पताल लाइनका हर्कबहादुर कार्की र श्रीमती मीना कुमारीले स्वर्गीय बुबा ललितबहादुर र आमा जानुकुमारीका नाममा १ लाख १ हजार १११ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।

विद्यालयमा अक्षयकोषले जेहेन्दार विद्यार्थीलाई सहयोग प्रदान गर्ने प्रधानाध्यापक अर्घालीले बताए । विद्यालयको निर्माणाधीन ४ कोठे भवन बनाउन ११ हजार १५५ रुपैयाँ हर्कबहादुरले सहयोग गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्