२५ जेठ २०८३, सोमबार

इटहरीमा साझा पार्टीको बिजोग, जमानत जोगाउनै मुस्किल

कात्तिक २०, २०७४
इटहरीमा साझा पार्टीको बिजोग, जमानत जोगाउनै मुस्किल

इटहरी १७ असार –काठमाडौं र ललितपुर महानगरमा ‘सम्मानजनक’ मत पाएको साझा पार्टी उपत्यकाबाहिर भने निकै कमजोर देखिएको छ । उक्त पार्टीबाट सुनसरीको इटहरी उपमहानगरपालिकामा उठेका उम्मेदवारको बिजोग भएको छ ।

शनिवार दिउसोसम्म मतगणना भएका वडा नम्बर १, २, ३, १८, १९ र २० वडाको मत गणनाको प्रारम्भिक परिणाम अनुसार साझा पार्टी समर्थित मेयर र उपमेयरका उम्मेदवारले उल्लेखनीय मत पाउन सकेको छैनन् । दिउसो एक बजे सम्मको गणना अनुसार साझाकी मेयर उम्मेदवार डा. तारा काफ्लेले २५ र उपमेयरका उम्मेदवार प्रकाशचन्द्र परियारले २८ मत ल्याएका छन ।

हालसम्म मेयरमा अग्रता लिइरहेको कांग्रेसका उम्मेदवार रोहित प्रसाईले ३ हजार ३ सय १२ र एमालेका मेयर उम्मेदवार द्धारिकलाल चौधरीले २ हजार ९ सय ७६ मत ल्याँउदा साझाको मेयर उम्मेदवारको २५ मत मात्र आएको हो ।

त्यसैगरी उपमेयरमा अग्रता लिइरहेकी एमालेकी उपमेयर उम्मेदवार लक्ष्मी गौतमले ३ हजार ३ सय ७७ र कांग्रेसकी उपमेयर उम्मेदवार विमला शिवाकोटी ढकालले ३ हजार २ सय ८१ मत ल्याँउदा साझाका प्रकाश चन्द्र परियारको २८ मत आएको हो ।
काठमाडांै र ललितपुरमा राम्रो मत ल्याएर माओवादी केन्द्र, राप्रपा, नयाँ शक्ति र समाजवादी फोरम गठबन्धनभन्दा अग्रणी मत ल्याएको साझाले दोश्रो चरणमा इटहरीमा मात्रै आफ्ना मेयर र उपमेयर उठाएको थियो । क्यामेरा चुनाव चिह्नको मेयर र सेलरोटी चुनाव चिह्न उपमेयर उठाएको साझा पार्टीका उम्मेदवारलाइ हौसला दिन पार्टी प्रमुख रविन्द्र मिश्रसमेत मौन अवधि शुरु हुनु अगाडिसम्म इटहरीमा आएर खटेका थिए ।

यस्तै, साझालाइ इटहरीमा मेयर र उपमेयरमा सहयोग गरेको विवेकशील नेपाली दललेसमेत राम्रो मत ल्याउन सकेन । वडा नम्बर २० मा मात्रै वडा अध्यक्ष उठाएको विवेकशीलका उम्मेदवार ध्रुव भण्डारीले हालसम्म जम्मा ५ मत मात्रै प्राप्त गरेका छन । रन्जु दर्शनासमेत ल्याएर इटहरीको तरहरा बजार क्षेत्रमा पर्ने वडा नम्बर २० मा उठाएको मुट्ठि चुनाव चिन्ह्रको विवेकशिलले सोचेजस्तो मत नल्याएको स्वयं विवेकशिल इटहरीमा अभियन्ताहरु बताँउछन ।

salt training

कमेन्ट गर्नुहोस्