०९ असार २०८३, मंगलबार

मोरङ उखुबारी हत्याकाण्ड : पक्राउ परेका थप २ जनाको संलग्नता पुष्टि

माघ २२, २०७८
मोरङ उखुबारी हत्याकाण्ड : पक्राउ परेका थप २ जनाको संलग्नता पुष्टि

मोरङको उखुबारीमा २ जनासहित ३ जनाको हत्या प्रकरणमा पक्राउ परेकामध्ये थप २ जनाको संलग्नता पुष्टि भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घटनामा यसअघि नै ३ जनाको संलग्नता पुष्टि भइसकेको छ । यससँगै घटनामा जोडिएका ५ जना प्रहरी नियन्त्रणमा परेका छन् ।

शुक्रवार पक्राउ परेका ५ जनामध्ये २ जना हत्यामा संलग्न रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी दिप श्रेष्ठले बताए । घटनाको अनुसन्धानका क्रममा हालसम्म ८ जना पक्राउ परेका छन् ।

संलग्नता पुष्टि हुनेमा मोरङको रंगेली नगरपालिका–३ का ३० वर्षीय मोहमद सुभान मिया र सुनसरीको देवागञ्ज गाउँपालिका–६ का १८ वर्षीय हकिम मन्सुरी रहेका उनले बताए ।

पक्राउ परेका थप ३ जनाको संलग्नताबारे अनुसन्धान भइरहेको उनले बताए । 

यसअघि प्रहरीले सिराहा नगरपालिका–२१ घर भई काठमाडौंको बल्खु बस्दै आएका ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका–४ सिस्बनीका २९ वर्षीय अमित भन्ने दिनानाथ साह र धनपालथान गाउँपालिका–७ कमलपुर पश्चिम टोलका ६२ वर्षीय नासिर आलमलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । 

जग्गा कारोबारको कमिसनमा कुरा नमिल्दा ३ जनाको हत्या भएको रहस्य खुलेको छ । उखुबारीबाट माघ १२ गते सप्तरीको शम्भुनाथ नगरपालिका–४ का ३२ वर्षीय शम्भुकुमार चौधरी र माघ १३ गते सुनसरीको धरान उपमहानगरपालिका– ३ घर भई भक्तपुर बस्दै आएका ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको शव भेटिएको थियो ।

माघ २० गते ललितपुरको गोदावरी नगरपालिका–१२ मा तेह्रथुमका ६३ वर्षीय मोहन लिम्बूको शव भेटिएको थियो । डोरी र गम्छाले घाँटीमा कसेर हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्