×

NMB BANK
NIC ASIA

उद्यम

गाउँमै श्रम गरेपछि मेटियो विदेश मोहको भ्रम

माघ २२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

पोखराको चर्चित बेगनास तालमाथि उत्तरपूर्वपट्टि देखिने बेगनास डाँडा यतिखेर स्थानीय युवाको कृषि कर्मले हराभरा छ ।

Muktinath Bank

स्थानीय केही युवामा कृषि कर्मको जोस उर्लिएको छ । पोखरा महानगरपालिका–३१ वडा कार्यालयका अनुसार यस वर्ष मात्र करीब आधा दर्जन युवाले नयाँ कृषि फार्म दर्ता गरेका छन् भने छिट्टै काम शुरू गर्ने चाँजोपाँजो मिलाइरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कृषि कर्ममा युवाको जोसको प्रेरणाका स्रोत स्थानीय ३२ वर्षीय केशवराज तिवारी हुन् । ‘सबै कुरा परिस्थितिले जुराउने रहेछ,’ तिवारीले भने, ‘पढेर जागिर खाने बाल्यकालदेखिको योजना कहाँ पुग्यो थाहा छैन ।’


Advertisment
Nabil box
Kumari

तिवारीको कर्म वैदेशिक रोजगारी हुँदै अहिले कृषि उद्यममा रूपान्तरण भएको छ । ४ वर्षअघि त्यहाँ कुनै पनि युवाले कृृषि फार्म खोलेका थिएनन्, फार्म कसरी सञ्चालन गर्ने भन्ने सैद्धान्तिक र व्यावहारिक ज्ञान थिएन, देखासिकी गर्न अर्को कुनै स्थापित फार्म थिएन, उत्पादनको बजार कहाँ भन्ने निश्चित थिएन, त्यतिबेला कृषि उद्यम शुरू गरेका हुन् तिवारीले ।

Vianet communication
Laxmi Bank

अहिले उनै तिवारीको देखासिकी गर्ने धेरै निस्किसके गाउँमा । उनी भन्छन्, ‘आँट गर्नु नै आधा सफल हुनु रहेछ ।’

५ वर्षअघिसम्म उनी कोरियाको बुसन शहरमा थिए । करीब ७ हजार मजदुरले काम गरिरहेको पानीजहाजमा उनको दिनचर्या बित्थ्यो । गाउँघरको अत्यास मेट्न, दैनिक १६ घण्टासम्म काम गर्थे उनी । 

दिन, महिना गर्दै वर्ष बित्यो । ‘ओभर टाइम’ काम गर्दैगर्दा अत्यास त मेटिन लागेको थियो तर आमाबुवा, घरपरिवार, आफन्त बीचको सञ्चार धमिलिँदै गएको महसूस हुन थाल्यो उनलाई । ‘यस्तै पारा हो भने केही समयमै बिरानो भइने हो कि भन्ने औंधी पीर पर्न थाल्यो,’ उनले सम्झिए, ‘विदेशमा दिएजति समय आफ्नै गाउँठाउँमा दिइयो भने यति पैसा त स्वदेशमै कमाइएलाझैं लाग्यो ।’

यस्तै दिनचर्या, चिन्ता र अन्योलसँगै कोरियामा उनको ५ वर्ष बित्यो । आखिर मासिक ३ लाख रुपैयाँ कमाइको माया मारेर उनी स्वदेश फर्किए र फेरि कोरिया जाने प्रक्रिया थालेनन् ।

‘यहाँ आएपछि फेरि फर्किएर कोरिया जान मन लागेन,’ उनले भने, ‘नेपाल आएकै वर्ष भूकम्पको आर्थिक मन्दी थियो । न त कृषि पेशा गर्ने युवाका लागि अहिलेको जस्तो अनुदान लगायतका सुविधा थियो । व्यवसाय शुरू गर्न कम्ता चुनौती थिएन ।’

कोरिया बस्दा घर खर्च कटाएर बचेखुचेको ५ लाख रुपैयाँ थियो उनीसँग । त्यसमा ५ लाख रुपैयाँ ऋण थपेर १० लाख रुपैयाँ लगानी गर्न आँखा चिम्लिएरै कस्सिए उनी । अनि शुरू गरे कृषिकर्म ।

कामको सिलसिला होस् या रोजगारीको सिलसिलामा धेरै स्थानीयले गाउँ छाडिसकेका थिए । गाउँका धेरै पाखो बारीहरू बाँझै थिए । त्यसैले गरिखाने जग्गा–जमिन पाउन गाह्रो थिएन । छिमेकीबाट लिजमा लिएको केही जमिन र आफ्नो जमिन गरी करीब १५ रोपनीमा उनले कृषि कर्म गरिरहेका छन् ।

‘विदेशमा सुख हुन्छ, धेरै कमाइ हुन्छ भन्ने कुरा भ्रम मात्र रहेछ भन्ने कुरा स्वदेश फर्किएपछि थाहा भयो,’ उनले भने । 

पोखराको पृथ्वीनारायण क्याम्पसमा स्नातक पढ्दै गर्दादेखि नै उनमा विदेश मोह जागेको हो । ‘साथीहरू एकएक गरेर भाषा परीक्षा पास भएपछि मलाई पनि परीक्षा दिन मन लाग्यो । पहिलो पटकमा ९८ प्रतिशत आयो,’ उनले सम्झिए, ‘विद्यालय पढ्ने बेला पनि नआएको मार्क्स कोरियाको भाषा परीक्षामा आएपछि खुशीले गद्गद् भएँ र वैदेशिक रोजगारीका लागि बाटो लागें तर अहिले आफ्नो देशमा आएर इलम गर्न थालेपछि महसूस भयो – त्यतिबेलाको खुशी भ्रम मात्र रहेछ । त्यतिबेला विदेश गएर दुःख नगरेको भए, गाउँमै बसेर कमाइ गर्ने विवेक चाहिँ आउँदैनथ्यो लागेको छ ।’

कृषि व्यवसाय तथा उद्यमका लागि उनमा न कुनै सैद्धान्तिक ज्ञान थियो, न त कुनै तालिम । ‘मात्र देखासिकी अनि बाल्यकालमा गरेको मेलापातको भरमा आँटेको हो,’ काम शुरू गर्दाताकाका अप्ठ्यारा, हण्डरठक्कर सुनाउँदै उनले भने, ‘पहिलो महिनामै २–३ लाख रुपैयाँ घाटा लाग्यो ।’

जग्गा लिजमा लिने वित्तिकै १ हप्ता लगाएर आफैंले निर्माण गरेको कुखुराको खोरमा एकैपटकमा १ हजार कुखुराका चल्ला ल्याएर हुलेका थिए उनले । ती चल्ला १ महिनाका हुँदा–नहुँदै भकाभक मर्न थाले । ‘ब्रोइलर कुखुरालाई छिट्टै हुनसक्ने किटाणु संक्रमण ‘गम्बारो’ रोग लागेको रहेछ । झण्डै १ वर्षपछि स्थानीय आनन्दज्योति विद्यालयको पहलमा सञ्चालित स्थानीय कृषक तालिममा भाग लिएपछि कुखुरा मर्नुको कारणबारे थाहा पाइयो,’ उनले भने, ‘यस्ता समस्याहरू त एकपछि अर्को गर्दै कति आए कति ? तर मैले हरेश खाइनँ ।’

कृषि फार्म स्थानीय तहमा दर्ता गरेर उत्पादन शुरू गरेकै वर्ष आशा गरेभन्दा धेरै उत्पादन भएका काक्रा, अकबरे खुर्सानी, कागतीका लागि उनलाई बजारको समस्या भयो । खेतबारीकै काममा व्यस्त हुँदा आफूले बजार खोज्न नसक्दा धेरै उत्पादन खेर गएको उनले सम्झिए ।

उनले अब विगतका समस्याबाट मुक्ति पाएका छन् । पर्यटकीय क्षेत्र भएकाले बेगनास ताल वरपरका होटल, सब्जीमण्डी र पोखरा बजारका विभिन्न ठाउँबाट माग आउन थालेको छ उनका उत्पादनको । उनको अनुभवमा कामले नै तरिका सिकाउने रहेछ । ‘कामकै क्रममा पाएका तालिम, गोष्ठी लगायतका कार्यक्रममा भाग लिँदै जाँदा उनको नेटवक बढ्यो, गल्ती सुध्रिए, सिर्जनात्मकता बढ्यो ।

‘अहिले मागअनुसार उत्पादन पुर्‍याउन पनि हम्मेहम्मे पर्छ । नेटवर्क बढ्दै जाँदा सामाजिक कामको दायरा पनि बढ्दैछ,’ उनले भने, ‘त्यसैले पहिले जतिको समय दिन भ्याएको छैन व्यवसायमा । कर्मचारी बढाउने योजनामा छु ।’

१५ रोपनीमा लगाएको अकबरे खुर्सानी, कुखुरा र माछापालन, मह उत्पादन, सूर्यमुखी फूल उत्पादन तथा तोरी उत्पादनबाट मासिक करीब १ लाख रुपैयाँ  आम्दानी हुने गरेको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १, २०८०

 सांसद एवं कांग्रेस नेता प्रदीप पौडेलले कोरियामा काम गर्ने नेपालीलाई त्यहाँका नागरिक सोसरह सेवा सुविधा दिन र कामको अवधिपछि योगदानमा आधारित पेन्सन दिन दक्षिण कोरिया सरकारसँग आग्रह गरेका छन् । नेपाल ...

माघ १५, २०८०

काठमाडौं-तराई-मधेश द्रुतमार्ग सडक आयोजनाले करारमा कर्मचारी माग गरेको छ । आयोजनाले सोमबार सूचना जारी गर्दै वृक्षारोपण हेरालु पदमा कर्मचारी माग गरेको हो ।  सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन आह्वान...

पुस ७, २०८०

नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियाका लागि आवेदकको बाढी देखिएको छ । ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजारभन्दा बढी नेपाली युवाले आवेदन फाराम  दिएका हुन् ।   ईपीएस को...

मंसिर ८, २०८०

नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा दरखास्त आह्वान गरेको हो ।  खुला तथ...

मंसिर २२, २०८०

नेपाली सेनाले रिक्त पद पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले सूचना प्रकाशित गर्दै रिक्त पदमा आवेदन आह्वान गरेको हो ।  सूचनामा उल्लेख भएअनुसार प्राविधिक र विविध सेवातर्...

कात्तिक १७, २०८०

नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार अधिकृत क्याडेट पदका लागि आवेदन आह्वान गरेको हो ।  नेपाली सेनामा रिक्त २२९ अधिकृत प...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x