१५ असार २०८३, सोमबार

अवैध लागुऔषधसहित एक जना पक्राउ

अवैध लागुऔषधसहित एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले ७९८ एम्पुल अवैध लागुऔषध सहित एक महिलालाई पक्राउ गरेको छ ।

प्रहरीले हेटौंडा–१९, वस्तीपुरमा डेरा गरी बस्ने वकैया गाउँपालिका–४, छतिवनकी २९ वर्षीया नानीमाया खत्रीलाई नियन्त्रणमा लिएको हो । मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले शनिवार हेटौंडामा पत्रकार सम्मेलन गर्दै खत्रीलाई सार्वजनिक गरेका छन् । 

खत्रीको डेराबाट प्रहरीले डाइजेपाम २८० एम्पुल, फेनार्गन २६८ एम्पुल र नुर्फिन २५० एम्पुल बरामतदगरेको छ । 

बरामद लागूऔषधसहित पक्राउ परेकी महिलामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्