०८ असार २०८३, सोमबार

पशुपति क्षेत्रका अनधिकृत अस्थायी टहरा हटाइँदै, के भन्छन् कोषका प्रवक्ता ?

पशुपति क्षेत्रका अनधिकृत अस्थायी टहरा हटाइँदै, के भन्छन् कोषका प्रवक्ता ?
पशुपति मन्दिर ।

पशुपति क्षेत्र विकास कोषले आफ्नो क्षेत्रभित्र अनधिकृत रुपमा सञ्चालनमा रहेका अस्थायी टहराहरू हटाउने भएको छ । 

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले कोषको ऐन, कानून र निर्णयबाहेक अनधिकृत रुपमा बनाइएका अस्थायी टहराहरू हटाउने निर्णय कार्यान्वयन गर्न लागिएको जानकारी दिए । 

फूल, प्रसादीलगायतको व्यवस्थापनका लागि स्थायी संरचना बनेकाले अस्थायी खालका टहराहरू हटाउन लागिएको उनले स्पष्ट पारे । 

‘यसलाई हटाउने अथवा वर सार्ने वा यताउति गर्ने भन्दा पनि त्यसलाई व्यवस्थित गर्ने भन्ने बुझ्नु पर्दछ भन्ने मलाई लाग्छ । पशुपति क्षेत्रको आफ्नै ऐन, कानून छ,’ उनले भने, ‘त्यसअनुसार कुन ठाउँमा केलाई व्यवस्थित गर्ने, कुन ठाउँमा दर्शनार्थीलाई के सुविधा दिने भन्ने कुरा हाम्रो पोलिसी (नीति)अन्तर्गत त्यहाँ पशुपतिनाथको मन्दिरमा दर्शन गर्न जाने दर्शनार्थीहरूका लागि फूलप्रसाद, त्यहाँ चढाउने मालाहरूको लागि केही पसलहरूको व्यवस्थापन गरेका छौं ।’ 

त्यसबाहेक अन्यत्र जस्तो जथाभाबी पसल खोल्ने आफूहरूको नीति नभएको उनको भनाइ छ । 

कोषले पशुपतिनाथ मन्दिर दर्शनका लागि जाने दर्शनार्थीहरूका लागि आवश्यक फूलमाला, प्रसादी, चिनोलगायतका व्यवस्था स्थायी संरचना बनाएर व्यवस्था गरेको जनाएको छ । 

कोषका प्रवक्ता अधिकारीले दर्शनार्थीहरूको दर्शनका लागि आवश्यक पूजा सामग्रीलगायतका धार्मिक सामग्री पर्याप्त मात्रामा रहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्