२५ असार २०८३, बिहीबार

आतङ्ककारी आक्रमणमा सोमालियामा १० जनाको मृत्यु

माघ २२, २०७८
आतङ्ककारी आक्रमणमा सोमालियामा १० जनाको मृत्यु

दक्षिणी सोमालियामा आतङ्ककारी एक समूहले गराएको विस्फोटमा शुक्रबार कम्तीमा १० जनाको मृत्यु भएको छ । घटनामा परी पाँच महिला र चार बालबालिकासहित १० जना यात्रुको मृत्यु भएको एक सैनिक अधिकृतले बताएका छन् ।

दक्षिणी सोमालियाको जुबाल्यान्ड स्टेटका सैनिक कमान्डर डेको अब्दिनुर आडेनले भने, “यात्रीसहितको मिनीबस दक्षिणी बन्दरगाह शहर किस्मायोतिर गइरहेको बेला आतङ्ककारी समूहले जमिामुनि विछ््याएको विस्फोटक पदार्थ (एम्बुस) मा परी बसमा रहेका कम्तीमा १० जनाको घटनास्थलमा नै मृत्यु भएको थियो ।”

विस्फोटमा अन्य तीन जना घाइते भएका छन् । घाइतेहरूको किस्मायोको अस्पतालमा उपचार भइरहेको छ ।

एडेनका अनुसार जुबाल्यान्ड राज्यमा सेनाले अल–शाबाब आतंकवादी समूहमाथि कारबाही गरिरहेका समय थप बल त्यसतर्फ जान नसकोस् भनी बिस्फोट गराइएको हुनसक्ने प्रत्यक्षदर्शीले जनाएका छन् ।

यसैबीच, किस्मायोको उत्तरमा सैनिक कारबाहीमा दुई जना सिपाही घाइते भएका र केही विद्रोहीको मृत्यु भएको सेनाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्