१७ असार २०८३, बुधबार

एमसीसीलाई छिटो टुङ्गो लगाउन नेताहरूको जोड

माघ २३, २०७८
एमसीसीलाई छिटो टुङ्गो लगाउन नेताहरूको जोड

संयुक्त  राज्य  अमेरिकाको  अनुदान  मिलेनियम  च्यालेन्ज  कर्पोरेसन  (एमसीसी)  ल्याउन  नेपाल  सरकारले  सम्झौता  गरेको  झन्डै  पाँच वर्ष भइसकेको छ ।

सन् २०१७ सेप्टेम्बर १४ मा अमेरिकाको ५५  करोड  अमेरिकी  डलर  र  नेपालको  समकक्षी कोष १३ करोड अमेरिकी डलर लगानीको  आयोजनाका  लागि  हस्ताक्षर  भएको थियो ।

उक्त सहायता अन्तरदेशीय प्रसारण  लाइन  र  सडक  निर्माणमा  खर्च  गर्नेगरी  परियोजना  कार्यान्वयन  सम्झौता  सन् २०१९ सेप्टेम्बर २९ मा सम्पन्न भएको थियो । सम्झौतामा उक्त अनुदान नेपालको सङ्घीय  संसद्बाट  अनुमोदन  हुनुपर्ने  प्रावधान  रहेको  भए  पनि  त्यो  हुन  सकेको  छैन  ।  

अनुमोदन  हुन  नसक्दा  नेपालले  पाएको ठूलो अनुदान फिर्ता जान सक्ने र अन्तर्राष्ट्रिय स्तरमा त्यसको नराम्रो सन्देश जाने  सम्भावना  रहेकाले  संसद्मा  प्रस्तुत  गर्नुपर्ने धारणा सत्तारूढ दल नेपाली काँग्रेस, जनता  समाजवादी  पार्टी  र  प्रमुख  प्रतिपक्षी  दल  नेकपा  (एमाले)का  नेताहरूले  व्यक्त  गरेका छन् । साथै, सार्वभौम संसद्मा प्रस्तुत गरेर कार्यान्वयन गर्ने–नगर्ने भन्ने सन्दर्भमा निर्णयमा पुग्नुपर्ने उनीहरूको निष्कर्ष रहेको खबर गोरखापत्र दैनिकमा अशोक अधिकारीले लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्