१० असार २०८३, बुधबार

सुनिल थापा फेरि बलिउड चलचित्रमा

माघ २३, २०७८
सुनिल थापा फेरि बलिउड चलचित्रमा

अभिनेता सुनिल थापा फेरि एक पटक बलिउड चलचित्रमा देखिने भएका छन् । 

उनी बलिउड चलचित्र ‘काजी’मा देखिन लागेका हुन् । 

चलचित्रको सुटिङका लागि थापा अहिले मुम्बईमा छन् ।

अभिनेता थापाले अहिले आफू बलिउड चलचित्र अभिनय गर्न लागेको बताए । 

यस अघि थापाले बलिउड चलचित्र ‘मेरी कोम’मा पनि अभिनय गरिसकेका छन् । 

अभिनेता थापा नेपाली चलचित्रको लोकप्रिय खलपात्र हुन् । गोरखापत्र दैनिकमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्