
दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको मूल्य प्रतिलिटर १० रुपियाँ वृद्धि गर्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रस्ताव गरेको छ ।
माघ १७ गते बसेको मन्त्रिपरिषदको बैठकले किसानका लागि प्रतिलिटर दूधको मूल्य ६.५२ वृद्धि गरी ५६.०४ रुपियाँ बनाउने निर्णय गरेको थियो ।
किसानका लागि दूधको मूल्य वृद्धि मन्त्रिपरिषद्ले गरेपछि डीडीसीले उपभोक्ता मूल्य बढाउन कृषि मन्त्रालयमा प्रस्ताव गरेको हो ।
यसअघि पनि दूधको उपभोक्ता मूल्य डीडीसीले तय गथ्र्यो ।
डीडीसीका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले किसानका लागि दूधको मूल्य निर्धारण मन्त्रिपरिषद्ले गरेपछि आफूहरूले उपभोक्ता मूल्य प्रतिलिटर १० रुपियाँ वृद्धि गर्नुपर्ने प्रस्ताव मन्त्रालयमा गरेको जानकारी दिए । गोरखापत्र दैनिकमा खबर छ ।