३२ असार २०८३, बिहीबार

चुनौती झेल्दै सङ्क्रमितका सारथि

माघ २३, २०७८
चुनौती झेल्दै सङ्क्रमितका सारथि

कोभिड–१९ प्रकोप तीव्र रुपमा फैलिँदा सङ्क्रमितका लागि ‘भगवान’सरह बने, डाक्टर, नर्स र चिकित्सा क्षेत्रमा क्रियाशील सबै विभागका कर्मचारी । अहिले पनि उनीहरु देशभरिका अस्पतालमा हजारौँ सङ्क्रमितको सेवामा खटिएका छन् ।

कोभिड–१९ को सङ्क्रमण भएको शरीर तङ्ग्रिन नपाउँदै अस्पताल आइपुग्ने स्वास्थ्यकर्मीहरू महामारीमा बिरामीका सारथिकै रुपमा सक्रिय छन् । यस्तै उदाहरणीय सेवामा सक्रिय छन् महाराजगञ्जस्थित शिक्षण अस्पतालको ‘वार्ड एनेक्स ३ र एचडीयू’ नर्सिङ अधिकृत नारायणी गौतम ।

कोभिड–१९ को पहिलो लहरमा देश आक्रान्त हुँदा उनी शिक्षण अस्पतालको शल्यक्रिया कक्षमा सहायकको भूमिकामा थिए । उनले भनिन्, “कोरोना सङ्क्रमण बढेकै बेला एक वर्षसम्म कोभिड अपरेसन थिएटरमा काम गरेँ । त्यहाँ कोभिड केससँगै र सङ्क्रमित गर्भवतीको उपचारमा सहायकको भूमिका काम गरेँ ।”

२५ वर्ष स्वास्थ्य सेवाको क्षेत्रमा काम गर्दै आएकी गौतम कोभिड–१९ का दौरान सयौँ बिरामीको उपचारमा संलग्न भइन् । आफूलाई सङ्क्रमणबाट जोगाउने र अरुको उपचारमा खट्ने उनी यो महामारीमा सुरुका दिनदेखि नै सक्रिय छन्।

कोभिड–१९ तीव्र रुपमा बढेपछि शिक्षण अस्पतालमा रेस्पिरेटरी वार्ड सुरु भयो । त्यससँगै एचडीयूमा पनि उनले नेतृत्वदायी भूमिकामा काम गरे । उनले भनिन्, “इञ्चार्जको जिम्मेवारीमा काम गर्दा आफूसँगै अरु सहकर्मीको चिन्ता उत्तिकै हुन्छ । क्रसित अवस्थामा पनि आफ्ना समस्य लुकाएर अरुलाई उत्साह दिने र कामका लागि समन्वय गर्दै कोरोना भाइरसविरुद्धको लडाइँ अघि बढिरहेको छ ।” गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्