×

NMB BANK
NIC ASIA

जब एक विधायक श्रीमानलाई पक्राउ गर भन्दै प्रहरीकोमा पुगिन्, अनि स्कुटीमा फर्किइन्

माघ २३, २०७८

NTC
Premier Steels

भारत छत्तीसगढमा सत्तारुढ कांग्रेस विधायक छनी साहू, आफ्नो श्रीमान् विरुद्ध मुद्दा दर्ता गर्न र विपक्षी बीजेपीद्वारा उनको गिरफ्तारीको मागपछि क्रोधित भएकी छन् । 

Muktinath Bank

आक्रोशित विधायकले सुरक्षा गार्ड र सरकारी गाडी फिर्ता गरेकी छन् । उनी आफैं श्रीमानसँगै एसपी कार्यालय पुगिन् र भनिन्- 'उनलाई पक्राउ गर'। श्रीमानलाई पक्राउ गरेपछि उनी स्कुटीमा घर फर्किइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो रोचक र राजनीतिक घटना शनिवार छत्तीसगढको राजनान्दगाउँ जिल्लामा भएको हो । 


Advertisment
Nabil box
Kumari

जिल्लाको खुज्जी विधानसभा क्षेत्रका कांग्रेस विधायक छनी साहूका श्रीमान् चन्दु साहूविरुद्ध एक चालकले अत्याचार निरोधक ऐनअन्तर्गत मुद्दा दायर गरेका छन् । 

Vianet communication

यसबाट आक्रोशित विधायक साहुले आफ्नो सुरक्षा गार्ड, तीन पीएसओ र सरकारी गाडी फिर्ता गरिन् । त्यसपछि उनी श्रीमान् चन्दु साहुसँगै एसपी कार्यालय पुगिन् । विधायकले त्यहाँ उपस्थित प्रहरीलाई भने, ‘श्रीमानलाई ल्याएको छु, पक्राउ गर । उनीविरुद्ध मुद्दा दर्ता भएको छ ।' त्यसपछि प्रहरीले अभियुक्त चन्दु साहुलाई पक्राउ गरी अदालतमा पेश गरेको थियो । अदालतले साहुलाई जेल पठाएको छ ।

विधायक छनी साहूले राजनन्दगाउँ जिल्ला र प्रहरी प्रशासनले आफ्ना श्रीमानविरुद्ध एकतर्फी कारबाही गरेको आरोप लगाएकी छन् । विरोधमा उनले सरकारबाट पाएको सुरक्षा फिर्ता गरेकी हुन् । 

उनका अनुसार मुख्यमन्त्री भूपेश बघेलले अवैध बालुवा उत्खनन र ओसारपसार रोक्न निर्देशन दिएका थिए । उनका श्रीमान् चन्दुले अवैध बालुवा ओसारपसारविरुद्ध आवाज उठाए पनि प्रहरी प्रशासनले श्रीमानलाई कारबाही गरेको उनले बताएकी छन् । 

अवैध बालुवा ओसारपसारलाई लिएर दुई महिनाअघि विधायक श्रीमान् र ट्रयाक्टर चालकबीच झगडा भएको थियो । 

त्यसपछि चालक बिरसिङ उईकेले चन्दुविरुद्ध एससी-एसटी पुलिस स्टेशनमा दुर्व्यवहार गरेको आरोपमा उजुरी दिएका थिए । 

यस घटनामा प्रहरीले विधायकका श्रीमानविरुद्ध अत्याचार निरोधक ऐनअन्तर्गत मुद्दा दर्ता गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x