२३ असार २०८३, मंगलबार

भारतको बरेलीमा सुनसहित पक्राउ परे नेपाली

माघ २३, २०७८
भारतको बरेलीमा सुनसहित पक्राउ परे नेपाली

भारतको उत्तर प्रदेशमा रहेको बरेलीमा आइतवार प्रहरीले खोजी अभियानका क्रममा लगभग ८ करोड रुपैयाँ बराबरको सुन बरामद गरेको छ । 

त्यससँगै प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक नेपाली नागरिक पनि रहेको प्रहरीलाई उद्धृत गर्दै अमर उजाला पत्रिकाले खबर दिएको छ । 

परसाखेडी चौकी प्रहरीले चेकिङका क्रममा एक कारमा रहेको सुन बरामद गरेको हो । कारमा पश्चिम बंगालका तीन र नेपालका एक नागरिक थिए । 

उनीहरूले सुनसम्बन्धी कुनै पनि कागजात प्रस्तुत गर्न सकेनन् । 

तिनीहरू अलमगीरीगंजका सर्राफ नामक व्यक्तिलाई सुन दिन पुगेको बताइएको छ । घटनाको सूचना पाएपछि आयकर विभाग पनि उनीहरूलाई सोधखोज गर्न पुगेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्