१० साउन २०८३, आइतबार

ओली–प्रचण्ड १३ महिनापछि बन्द कोठामा आमनेसामने !

ओली–प्रचण्ड १३ महिनापछि बन्द कोठामा आमनेसामने !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ १३ महिनापछि बन्द कोठामा आमनेसामने हुने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार अपराह्न ४ बजे दुई नेताहरू एकै ठाउँमा बसेर छलफल गर्न लागेका हुन् । 

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव र एमसीसी अनुमोदनको विषयमा छलफल गर्न ओली र प्रचण्डलाई बोलाएका हुन् ।

प्रधानमन्त्रीले बोलाएको बैठकमा दुवै नेता सहभागी हुने सहयोगीहरूले जानकारी दिएका छन् ।

गत वर्ष पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि त्यसयता ओली र प्रचण्डले औपचारिक भेट गरेका थिएनन् । 

मंसिर १० गते एमालेको महाधिवेशनमा निमन्त्रणा गरिएपनि प्रचण्ड सहभागी भएनन् ।

पुस १३ गते माओवादीको महाधिवेशनमा ओलीलाई निमन्त्रणा गरिएकोमा ओली पनि सहभागी भएका थिएनन् । 

मंसिर २४ गते नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन सत्रमा ओली र प्रचण्डले मञ्च शेयर गरेपनि बोलचाल भएको थिएन ।

salt training

कमेन्ट गर्नुहोस्