
भारतकी सुप्रसिद्ध गायिका लता मंगेशकरको जन्म इन्दौरमा सन् १९२९ मा भएको थियो ।
उनी जन्मेको घर वाघ साहब के बाडे भनी चिनिन्थ्यो । सात वर्षको उमेरसम्म लताको परिवार त्यही घरमा बस्यो ।
अहिले यो घर कपडाको शोरूम भइसकेको छ । लताको यादलाई चिरस्थायी बनाउनका लागि कपडाको पसलमा म्युरल लगाइएको छ ।
लताले पहिलो सांगीतिक प्रस्तुति अखिल भारतीय कृषि एवं उद्योग प्रदर्शनीमा गरेकी थिइन् । त्यसमा टिकटको मूल्य साढे १ भारुदेखि २५ भारुसम्म राखिएको थियो ।
उनका पिता दीनानाथ मंगेशकरको पुण्यतिथिमा लताले भाइ हृदयनाथ र बहिनी ऊषासँग मिलेर यस मञ्चमा प्रस्तुति दिएकी थिइन् ।
लतालाई इन्दौरप्रति विशेष लगाव थियो । त्यहाँ मराठी समाजले लताको यादमा माई मंगेशकर सभागृह पनि बनाएको छ ।