०८ साउन २०८३, शुक्रबार
तीन शीर्ष नेताको भेट

बालुवाटारमा झण्डै एक घण्टादेखि देउवा, ओली र प्रचण्डबीच छलफल

बालुवाटारमा झण्डै एक घण्टादेखि देउवा, ओली र प्रचण्डबीच छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच त्रिपक्षीय छलफल झण्डै एक घण्टादेखि जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छलफलमा तीन शीर्ष नेताका अलावा एमाले महासचिव शंकर पोखरेल, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत पनि सहभागी छन् ।

देउवा र प्रचण्डले एमसीसीका लागि समय माग्दै लेखेको पत्र सार्वजनिक भएपछि देशको राजनीति नै तरंगित भइरहेका बेला देशको तीन ठूला पार्टीका शीर्ष नेताबीच छलफल भएको हो ।

भेटमा स्थानीय तहको निर्वाचन, एमसीसी लगायतका विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दियो ।

एमसीसीको विषयले राजनीति नै तताएका बेला देउवाले छलफलका लागि ओली र प्रचण्डलाई बोलाएका हुन् ।

देउवा र प्रचण्डले एमसीसीलाई लेखेको पत्र आइतवार बिहान सार्वजनिक भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्