२३ असार २०८३, मंगलबार
एमसीसीले निम्त्याएको तरंग

बालुवाटार बैठकमा प्रचण्डको प्रस्ताव– प्रतिपक्षको समेत सहमतिमा एमसीसीलाई चुनावसम्म रोकौं

बालुवाटार बैठकमा प्रचण्डको प्रस्ताव– प्रतिपक्षको समेत सहमतिमा एमसीसीलाई चुनावसम्म रोकौं

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विवादमा परेको अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई चुनावसम्म रोक्ने प्रस्ताव गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले समेतको समर्थनमा चुनावपछि मात्र एमसीसी अगाडि बढाउने प्रस्ताव एमसीसीलाई पठाउन प्रचण्डले प्रस्ताव गरेका हुन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार बोलाएको बैठकमा प्रचण्डले एमसीसीलाई चुनावसम्म थाती राख्ने प्रस्ताव गरेका हुन् । 

बालुवाटारमा झण्डै २ घण्टा चलेको बैठकमा देउवाले भने एमसीसी पारित गर्न प्रस्ताव गरेका थिए । 

बैठकपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रचण्डले एमसीसीलाई चुनावसम्म थाती राख्न प्रस्ताव गरेको जानकारी दिए । 

‘प्रधानमन्त्रीको धारणा एमसीसीलाई अगाडि बढाउन सहयोग गर्नुपर्छ भन्ने थियो । प्रचण्डको चाहिँ चुनावसम्म यो विषयलाई थाती राख्न प्रतिपक्ष समेतको समर्थनमा प्रस्ताव पठाऔं भन्ने थियो,’ पोखरेलले भने । 

एमालेले भने वैदेशिक सहयोग र परराष्ट्र मामिलाको विषयमा पहिले सत्ता गठबन्धनले साझा दृष्टिकोण बनाउनुपर्ने सुझाव दिएको थियो ।

‘प्रधानमन्त्रीय पद्धतिमा पहिले सत्तापक्षले आफ्नो दृष्टिकोण राख्नु उपयुक्त हुन्छ भन्ने कुरा राख्यौं । हामी प्रतिनिधि सभामा उपस्थित भएर राष्ट्रिय सरोकारको विषयमा भाग लिन चाहन्छौं । सत्तापक्षले नै धारणा बनाएका छैन,’ पोखरेलले भने । 

बैठकमा अध्यक्ष ओलीले अमेरिकासँग एकथरी कुरा र नेपाली जनतासँग अर्को कुरा किन गरेको भनेर प्रश्न गरेका थिए । 

‘एमसीसीको बारेमा हामीले स्वाभाविक रूपमा चासो प्रस्तुत गर्‍यौं, जनताको बीचमा एउटा कुरा, जनतामा अर्को कुरा गर्नेगरी परराष्ट्र मामिलामा द्वैध चरित्र प्रस्तुत गर्नु उपयुक्त होइन भन्यौं,’ पोखरेलले भने, ‘प्रचण्डजीले पत्र नलेखेको भनेर मैले भनेको छैन भन्ने जवाफ दिनुभएको छ । सत्ता गठबन्धन अनिर्णित छ । राय विभाजित रूपमा प्रस्तुत भएका छन् । प्रधानमन्त्रीय प्रणालीमा गठबन्धनमै अलग–अलग राय व्यक्त हुनु नैतिक होइन ।’

साथै बैठकमा स्थानीय तहको चुनाव घोषणा गर्न एमालेले गरेको आग्रहमा प्रधानमन्त्री देउवाले छिट्टै घोषणा गर्ने जवाफ दिएको पोखरेलले बताए ।

salt training

कमेन्ट गर्नुहोस्