२७ असार २०८३, शनिबार

झापामा रोचक प्रतिस्पर्धा : ओलीलाई राप्रपाको डर, सिटौलाको क्षेत्रमा एमाले अगाडि

कात्तिक २०, २०७४
झापामा रोचक प्रतिस्पर्धा : ओलीलाई राप्रपाको डर, सिटौलाको क्षेत्रमा एमाले अगाडि

काँकडभिट्टा, झापा, १७ असार –नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको गृहनगरमा आएको मत परिणामले सबैलाई आश्चर्य बनाएको छ ।

दुवैको क्षेत्रमा राप्रपासँगै प्रतिस्पर्धा भएपछि जिल्लावासीलाई आश्चर्य बनाएको हो ।

सिटौलाकै पकड क्षेत्र मानिएको भद्रपुरमा एमालेले भारी मतले अग्रता लिएको छ । हालसम्म सात हजार ३०० मत गणना हुँदा प्रमुख पदमा कांग्रेसको एक हजार ५९९ र एमालेको दुई हजार ४०४ मत आएको छ ।

नगरको वडा नं. १ मा त एमालेले विजयी हात पारिसकेको छ भने बाँकी वडामा पनि एमालले नै बाजी मार्ने मतगणनाको नजिताले देखाइरहेको छ ।

त्यसैगरी एमालेका अध्यक्ष केपी शर्माको गृहनगर दमकमा भने एमाले राप्रपासँग पछि परेको छ । हालसम्मको परिणाममा एमालेको ११६ र राप्रपाको ५१२ मत रहेको छ । अध्यक्ष ओलीकै नगर दमकमा पनि एमालेले अपेक्षित अग्रता लिन नसकेको प्रष्ट देखिन्छ ।

त्यसैगरी, कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा र एमालेका रविन कोइराला रहेको मेचीनगरमा पनि दुवै पार्टीबीच उस्तै प्रतिस्पर्धा देखिन्छ ।

नेकपा एमालेको विरासत मानिएको नगरमा पनि कांग्रेसले यसपटक आच्छु आच्छु बनाइरहेको देखिन्छ । आज बिहानसम्म झिनो मतले अग्रता लिएको कांग्रेसलाई ९ बजेपछि आएको परिणामले एमालेको अग्रता देखाएको छ ।

झापामा राप्रपा पनि अगाडि छ । उसले दुईवटा वडामा अध्यक्ष र दुईवटा गाउँपालिकामा अग्रता कायम गर्दै लगेको छ ।

झापामा नेकपा माओवादी केन्द्रले भने अझै पनि कुनै पनि नगरपालिका र गाउँपालिकामा अग्रता लिन सकेका छैन ।

salt training

कमेन्ट गर्नुहोस्