
गुल्मी, १७ असार - गुल्मीको छत्रकोटमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमाले उम्मेदवार मधुकृष्ण पन्त छत्रकोट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् ।
पन्त ५ हजार ५५१ मतका साथ विजयी हुदा कांग्रेसका अन्तराम पौडेलले ५ हजार ११४ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्ष एमालेकै दर्मदा भण्डारी विजयी भएकी छन् ।
उनले ५ हजार ४७६ मत प्राप्त गरेका विजयी हुदा माओवादी केन्द्रका रामप्रसाद पाण्डेय ४ हजार ७ सय ३७ मत प्राप्त गरेर पराजित भएका छन् ।