मुम्बई – अक्षय कुमारको आगामी फिल्म ‘ट्वाइलेटः एक प्रेम कथा’ रिलिज हुन केही समय बाँकी छ । फिल्मको ट्रेलर रिलिज भइसकेको छ । जुन फिल्मलाई प्रधानमन्त्री नरेन्द्र मोदीले पनि रुचाए । अक्षय कुमारले चौतर्फी वाहवाही पनि पाए । तर फिल्ममेकर प्रवीण व्यासले फिल्मलाई स्टे लगाउनलाई कानुनी नोटिस पठाएका छन् । उनले फिल्मलाई रोक्ने तयारी समेत गरेका छन् । कारण के भने उनले उक्त फिल्मको स्कृप्टको चोरी भएको आरोप लगाएका छन् ।

सन् २०१६ मा आएको प्रवीण व्यासको डकुमेन्ट्री फिल्म मानिनी स्वच्छ भारत अभियानमा आधारित थियो । उक्त डकुमेन्ट्री फिल्ममा ससुरालमा ट्वाइलेटको माग गरिएको थियो । साथै बाहिर शौच जानलाई पनि विरोध गरिएको थियो । यही कहानीलाई अक्षर कुमारको नयाँ फिल्ममा पनि देखाइएको छ । फिल्मको कन्सेप्ट मात्र होइन, केही डायलग पनि जस्ताको चोरेको आरोप लगाएका छन् ।
यही कुरालाई लिएर प्रवीण व्यासले ट्वाइलेटका निर्मातालाई म्यासेज पठाएका छन् । तर उक्त म्यासेजको जवाफ भने अझै आएको छैन ।