३१ जेठ २०८३, आइतबार

दर्जन सिंहले घेरिएको एम्बुलेन्सभित्र बच्चा जन्मियो

कात्तिक २०, २०७४
दर्जन सिंहले घेरिएको एम्बुलेन्सभित्र बच्चा जन्मियो

नयाँ दिल्ली, १७ असार - भारतको पश्चिमी प्रदेश गुजरातमा एक जना ३२ वर्षीय महिलाले जङ्गलको बाटोमा करिब एक दर्जन सिंहले घेरिएको एम्बुलेन्सभित्र बच्चा जन्माएकी छिन् ।

         सो घटना शुक्रबार विहान सवेरै भएको हो । मन्गुबेन मक्वाना नाम गरेकी लुनासापुर गाउँ निवासी ती महिलालाई अचानक प्रसवव्यथा (लेबर पेन) लागेपछि उनका एक आफन्तले  जाफाराबादनजिकै रहेको सरकारी अस्पतालमा लैजान एम्बुलेन्समार्फत लगिरहेको थियो ।

       अस्पताल लग्ने क्रममा अम्रेली जिल्लामा रहेको घना जङ्गल  गिरमा पुग्दा प्रसव व्यथा छट्पटाएकी मन्गुबेनको अवस्था नाजुक भएपछि बच्चा जन्माउन जङ्गल मै एम्बुलेन्स रोकिएको थियो । एम्बुलेन्समा रहेका आकस्मिक कर्मचारीको सहयोगमा उनीले बच्चा जन्माइन् ।

           एम्बुलेन्सभित्र बच्चा जन्माएका बेला १२ वटा सिंहको समूहले एम्बुलेन्स घेरेको थियो । सिंहले झन्डै साढे एक घन्टा एम्बुलेन्सलाई घेरेको बताइएको छ ।

       “त्यसपछि एम्बुलेन्सका चालकले विस्तारै गाडी  चलाए र लाइट बलेर एम्बुलेन्स अडागि बढेपछि सिंहले बाटो छोडका एम्बुलेन्स मै रहेका एक जना कर्मचारी चेतन गाधेले बताएका छन् ।

       आमा र बच्चा दुबैको अहिले सुरक्षित अवस्थामा जाफ्राबाद अस्पतालमा उपचार भइरहेको छ । रासस/सिन्ह्वा

salt training

कमेन्ट गर्नुहोस्