दार्चुला, १७ असार - शनिबार दिउँसो महाकाली नगरपालिका–४ बङ्गाबगडमा विद्युत्को करेन्ट लागेर एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
आफ्नै घरमा लुगा सुकाउने क्रममा बङ्गाबगडमा करेन्ट लागेर २५ वर्षीया रामजमती धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शव परीक्षणका लागि जिल्ला अस्पताल, दार्चुला लगिएको छ । जिल्ला सदरमुकाम खलङ्गामा अव्यवस्थित बसोबासका कारण विद्युत्को जोखिम बढ्दो छ । छ महिनाको अवधिमा खलङ्गामै करेन्ट लागेर तीनजनाले ज्यान गुमाइसकेका छन् ।