३१ जेठ २०८३, आइतबार

सप्तरीमा आधादर्जन गाउँ डुबानमा, १५ सय परिवार जोखिममा

कात्तिक २०, २०७४
सप्तरीमा आधादर्जन गाउँ डुबानमा, १५ सय परिवार जोखिममा
सप्तरी, १७ असार - शुक्रबार मध्यरातदेखि परेको अविरल वर्षाका कारण खाडो, त्रियुगा, जीता लगायतका नदीको बाढीले नगरपालिकाका दुईवटा वडाका साथै आधा दर्जन गाउँ डुबानमा परेका छन् ।Kanchanpur_district_location_1

बाढीबाट राजविराज नगरपालिकाको वडा नं ९ र १० का साथै मैनाकडेरी, बसबिट्टी, तिलाठी, पौआ, मुसहरनिया पिपराही, रायपुर, लौनिया, रुपनी, पकरी, रम्पुरा मलहनिया, मधवापुर भारदह, पोर्ताहालगायतका गाउँ डुबानमा परेका छन् । गाउँमा बाढी पसेकाले तीन फिटसम्म पानी जमेको छ । अकस्मात्को बाढीले आधा दर्जन फुसको संरचना भएका घर भत्काउनुका साथै खाद्यान्न, लत्ताकपडा, भाँडाकँुडा र अन्य सरसामान बगाएको राजविराज नगरपालिका वडा नं १० डुमरी गाउँका पर्शुराम यादवले बताउनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्