काठमाडौं, १८ असार – असार १४ गते भएको तीन प्रदेशका ३३४ स्थानीय तह निर्वाचनको नतिजा आउने क्रम जारी रहेको छ । शनिबार मध्यरातसम्म १४२ स्थानको नतिजा आएको छ ।

जसमा नेकपा एमालेले ६६ स्थानमा जित दर्ता गर्दै कांग्रेससँगको अग्रता फराकिलो पारेको छ । यद्यपी कांग्रेसले पनि अर्धशतक पूरा गरेको छ । पछिल्लो नतिजा अनुसार कांग्रेसले ५१ स्थानीय तह जितेको छ ।
यस्तै नेकपा माओवादी केन्द्रले २२ स्थानमा जीत हासिल गर्दा जनमोर्चाले २ र संघीय समाजवादी फोरमले १ स्थानमा जीत दर्ता गरेको छ ।