धनगढी, १८ असार– कैलालीको धनगढी उपमहानगरपालिकाको मतगण्ना स्थगित भएको छ । वडा नम्बर १७ को मतगणना भइरहँदा मुचुल्का भन्दा ३ वटा मतपत्र बढी भेटिँदा दलहरुबीच विवाद भएपछि मतगणना स्थगित भएको हो ।
निर्वाचन आयोगले बुथको मुचुल्का नै हराएको भन्दै दलहरुले विरोध जनाएका छन् । विरोधपछि मतगणना स्थगित गरिएको हो ।
मतगणना सुचारु गर्न अहिले दलका प्रतिनिधि र मूख्य निर्वाचन अधिकृतको कार्यालयका पदाधिकारीबीच छलफल भइरहेको जनाइएको छ ।