११ असार २०८३, बिहीबार

एमाले र माओवादीबीच एकै दिन दुई पटकसम्म गोप्य छलफल

कात्तिक २०, २०७४
एमाले र माओवादीबीच एकै दिन दुई पटकसम्म गोप्य  छलफल



काठमाडौँ, १८ पुस - सत्ता घटक माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी एमाले नेताबीच मंसिरभित्र तीनवटै निर्वाचन गरिसक्ने सहमति भएको छ ।
नयाँ बानेश्वरको एक निजी घरमा दुवै दलका दोस्रो तहका नेताबीच आइतबार राति ९ बजेसम्म बसेको बैठकले उक्त सहमति गरेको आजको कान्तिपुरले खबर छापेको छ |
संविधान संशोधन प्रस्तावको विषयलाई लिएर अवरुद्ध संसद खुलाउन र विधेयक अघि बढाउने उपाय खोजी गर्न पर्याप्त लचकता अपनाउनेबारे शीर्ष नेतृत्वसँग एकपल्ट फेरि कुरा गर्ने उनीहरुले निर्णय गरेका छन् ।
सोमबार बिहान १० बजे प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच बालुवाटारमा फेरि बैठक बस्ने समेत सोही छलफल क्रममा टुंगो लागेको छ ।‘संसद अवरोध कसरी खुलाउन सकिन्छ भन्नेबारे घनीभूत कुराकानी भयो, तत्कालै कुनै टुंगोमा नपुगे पनि अब संविधान कार्यान्वयनका लागि अर्को वर्ष माघ अगाडि नै चुनाव गर्नेमा दुई दलबीच अलमल छैन,’ माओवादी नेता नारायणकाजी श्रेष्ठले भने, ‘समयको चापलाई व्यवस्थापन गर्न मंसिरभित्र तीनवटै निर्वाचन गरिसक्ने सहमति भएको छ ।’oli prachanda
सहभागी अर्का नेताले निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथिको महाभियोग प्रस्ताव, पछिल्लो अवधि बढ्दै गएको ‘दक्षिणपन्थी चलखेल’ लगायत विषयमा लामै कुराकानी भएको सुनाए ।एमाले सचिव प्रदीप ज्ञवालीले माओवादी पक्षसँग सकारात्मक कोणबाट छलफल भएको भन्दै निर्वाचनमा जाने समझदारी भएको पुष्टि गरे ।
तत्कालै संसद खोल्नेबारे भने शीर्ष तहमै कुराकानी आवश्यक रहेको उनको भनाई थियो ।‘हामीले यो बीचमा कहाँनेर कमजोरी भयो भनेर समीक्षा गर्‍यौं, संविधान संशोधन प्रस्तावमा रहेका समस्याबारे पनि खुलेरै कुराकानी भयो,’ उनले भने, ‘तर निर्वाचनमा जानेबारे कुनै अलमल छैन ।’
आइतबार बिहान माइतीघरस्थित माओवादीका एक शुभेच्छुकको घरमा प्रधानमन्त्री दाहाल र नेता श्रेष्ठले एमाले अध्यक्ष केपी ओलीसँग दुई घण्टा लामो कुराकानी गरेका थिए । उक्त भेटमा गत्यावरोध खुलाउन सकिने सम्भावनाको बारेमा थुप्रै कोणबाट कुराकानी भएको उच्च स्रोतले खुलायो ।
आइतबार रातिको गोप्य बैठकमा ओलीनिकट मानिने एमाले नेताहरु विष्णु पौडेल, ज्ञवाली र शंकर पोखरेल सहभागी थिए । माओवादी केन्द्रबाट श्रेष्ठसहित शक्ति बस्नेत र गिरिराजमणि पोखरेल सहभागी थिए ।माओवादीबाट श्रेष्ठ र एमालेबाट ज्ञवालीले दुईपक्षीय वार्तालाई पछिल्ला दुई सातायता तीव्रता दिएका हुन् । सोमबार संसदमा संविधान संशोधन विधेयक पेश हुने चर्चा चल्दै गर्दा दुई विपरीत ध्रुवमा उभिएका सत्ता प्रतिपक्षीको एकै दिन दुईपल्ट भएका गोप्य छलफलहरुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्