नवलपरासी, १८ असार– बिजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम नेपालले स्थानीय तह प्रमुखमा जीतको खता खोलेको छ ।
लोकतान्त्रिक फोरमका उम्मेदवार नवलपरासीको सरावल गाउँपालिका प्रमुख र उप्रमुख दुबैमा विजयी भएका छन् ।
सरावलको अध्यक्षमा लोकतान्त्रिक फोरमका राधेश्याम चौधरी ५०४५ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्धन्द्धीका कांग्रेसका प्रदिप अग्रहरीले ३९१६ मत ल्याए ।
त्यस्तै उपप्रमुखमा पनि फोरमकै सुनिता हरिजन ४३४३ मत ल्याएर विजयी भइन् ।