१० साउन २०८३, आइतबार

प्रचण्ड र माधव नेपाल बालुवाटारमा, प्रधानमन्त्रीसँग छलफल जारी

प्रचण्ड र माधव नेपाल बालुवाटारमा, प्रधानमन्त्रीसँग छलफल जारी

सत्ता गठबन्धनका प्रमुख नेताहरुको भेटवार्ता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भइरहेको छ ।

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँगको सम्झौताको विषयमा छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार भेगको हुन् । 

नेताहरूबीच समसामयिक राजनीति र एमसीसीको विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । 

एमसीसी अनुमोदन गरेर कार्यान्वयनमा लैजान अमेरिकाले दबाब बढाएको छ ।

अमेरिकी सहकायक विदेशमन्त्री डोनाल्ड लूले प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी ओलीलाई टेलिफोन गरेर एमसीसी कार्यान्वयनमा लैजान दबाब दिएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्