
सर्लाही, बागमती नगरपालिका-८ बस्ने २५ वर्षीय रामु महतोको करेन्ट लागेर शनिवार बिहान मृत्यु भएको छ ।
सोही नगरपालिका-२ बस्ने कुमार परियारको छत ढलानको लागि छतको रड सेटिङ गर्ने क्रममा घर छेउमा रहेको बिजुलीको तारमा रडले छोई करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको जीवन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै करेन्ट लागेर घाइते भएका बागमती नगरपालिका-८ बस्ने २१ वर्षीय दीपककुमार महतोको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।