२६ जेठ २०८३, मंगलबार

यस्तो चरा जो प्यासले तड्पिँदा समेत पिउँदैन पानी

माघ २९, २०७८
यस्तो चरा जो प्यासले तड्पिँदा समेत पिउँदैन पानी

विश्वमा विभिन्न प्रजातिका चराहरू छन्, त्यसमा पनि धेरै प्रजातिहरू अत्यन्त दुर्लभ छन् । यीमध्ये धेरै चराहरू यस्ता छन् जो आफ्नो विशेषताका लागि विश्वभर चर्चित छन् । 

पृथ्वीमा रहेका हरेक प्राणीलाई बाँच्नका लागि पानी धेरै महत्त्वपूर्ण छ । केही जनावरहरू थोरै मात्रामा मात्र पानी पिएर बाँच्छन्, तर हामी सबैलाई पानी चाहिन्छ । 

यो धर्तीमा एउटा यस्तो चरा पनि छ, जसको बारेमा थाहा पाउँदा तपाई छक्क पर्नुहुनेछ ।

यो विशेष चरा तिर्खाउँछ, तर खोला वा पोखरीको पानी भने पिउँदैन। यससँगै जुनसुकै भाँडोमा पानी पिउन दिए पनि पिउँदैन । 

यो चराले कुन पानी पिउँछ भन्ने सोच्दै हुनुहुन्छ होला, किनकि पानी नपिएर कोही पनि बाँच्न सक्दैन । आउनुहोस् यो विशेष चराको नाम के हो र यसले कस्तो पानी पिउने गर्छ थाहा पाउनुहोस्।

वास्तवमा हामीले जुन चराको कुरा गरिरहेका छौं, त्यो चराले ताल, पोखरी वा खोलाको पानी पिउँदैन । 

यो चराले वर्षाको पानी मात्र पिउने  गर्छ । 

यो विशेष चराको नाम जुरे कोइली (जेकोबिन कुक्कु ) हो । 

भनिन्छ, जुरे कोइलीलाई तिर्खा लागेर पानीले भरिएको तालमा फाल्दा त्यसले पानीमा चुचुरो खोल्दैन । यो चरा एसिया र अफ्रिका महादेशमा मात्र पाइन्छ । 

भनिन्छ, यो चराले धेरैजसो समय आकाशमा आफ्नो नजर राख्छ र स्वाति नक्षत्रमा पर्ने वर्षाको पानी मात्र पिउँछ । 

salt training

कमेन्ट गर्नुहोस्