लखनउ, १८ पुस– समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष मुलायमसिंह र उनका छोरा उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवबीच आगामी विधानसभा निर्वाचनमा टिकट वितरणको विषयमा सुरु भएको मतभेद पार्टी विभाजनको स्थितिसम्म पुगेको छ ।

आइतबार लखनउमा आयोजित राष्ट्रिय अधिवेशनमा पिता मुलायम सिंहलाई हटाउँदै अखिलेश राष्ट्रिय अध्यक्ष भएका छन् ।
मुलायमसिंहले भने राष्ट्रिय अधिवेशनलाई पार्टी विधानविपरित भनेका छन् ।
उनले आगामी ५ तारिखमा अर्को अधिवेशनको आह्वान समेत गरेका छन् ।
यो घटनापछि मुलायमसिंहले साढे २ दशकअघि स्थापना गरेको समाजवादी पार्टी विभाजनको संघारमा पुगेको बीबीसीलाई उदृत गर्दै आजको कान्तिपुरले खबर छापेको छ ।