मच्छिन्द्र क्लब सहिद स्मारक 'ए' डिभिजन लिगको उपाधि नजिक पुगेको छ।
साविक विजेतासमेत रहेको मच्छिन्द्रले लिगमा ६ अंकको अग्रता बनाएको छ।
लिगमा तीन खेल बाँकी छँदा मच्छिन्द्रले दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबसँग स्पष्ट ६ अंकको अग्रता बनाएको हो।
१० खेल सकाएको मच्छिन्द्रको २६ र दोस्रो स्थानको मनाङको २० अंक छ । उपाधि होडमा रहेको मनाङ शनिबार थ्रीस्टारसँग बराबरीमा रोकिएपछि त्यसको प्रत्यक्ष फाइदा मच्छिन्द्रलाई पुगेको हो।
लिगमा मच्छिन्द्रले अब सातदोबाटो, थ्रीस्टार र विभागीय टोली एपीएफसँग खेल्न बाँकी छ। मनाङले भने एपीएफ, एनआरटी र त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । अन्नपूर्ण पोस्टमा खबर छ ।