०१ असार २०८३, सोमबार

माओवादी जनयुद्ध दिवसमा मधेस प्रदेशमा आज सार्वजनिक बिदा

माओवादी जनयुद्ध दिवसमा मधेस प्रदेशमा आज सार्वजनिक बिदा

माओवादी जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । माओवादीले आइतबार २७ औं जनयुद्ध दिवस मनाउँदैछ । तत्कालीन माओवादीले २०५२ फागुन १ गतेदेखि १० वर्ष लामो सशस्त्र जनयुद्ध गरेको थियो । ०६२–६३ को जनआन्दोलपछि माओवादी जनयुद्ध पनि समाप्त भएको थियो ।
यही जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले  एक सूचना जारी गर्दै बिदाको जानकारी दिएको हो ।
‘०७८ फागुन १ गते आइतबारका दिन २७ औं जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशभर बिदा दिइएको सम्बन्धित सबैमा सूचित गरिन्छ’, सूचनामा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्