२४ जेठ २०८३, आइतबार

अर्थ मन्त्रालयमा भित्रिए ५ जना नयाँ सहसचिव, को–को आए ?

फागुन १, २०७८
अर्थ मन्त्रालयमा भित्रिए ५ जना नयाँ सहसचिव, को–को आए ?

कार्यभार सम्हालेको ६ महिना नबित्दै आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलको सरुवा भएको छ।

गत २ भदौमा विभागको महानिर्देशक भएका पौडेल अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएका छन ।

यसअघि आन्तरिक राजस्व विभागले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेपछि अर्थमन्त्री जनार्दन शर्मा अहिले सरुवा गरिएका पोडेलसँग सन्तुष्ट थिएनन् ।

बिहीबार चाल आर्थिक वर्षका लागि विनियोजित बजेटको अर्धवार्षिक समीक्षा गरेलगत्तै अर्थमन्त्री शर्माले विभागका महानिर्देशक पौडेललाई अन्य ठाउँमा सरुवा गराउनेदेखि लिएर अर्थ मन्त्रालयमा नयाँ सहसचिवको समुह नै बनाएर ल्याएका छन्।

अर्थमन्त्री शर्माकै प्रयासमा अहिले अर्थ मन्त्रालयमा चार जना नयाँ सहसचिव भित्रिएका छन् । राजस्व अनुसन्धान विभागका उपमहानिर्देशक रहेका टंकप्रसाद पाण्डे, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा सचिव रहेका ढुण्डीप्रसाद निरौला, प्रदेश १ को लोकसेवा आयोगमा सचिव रहेका यज्ञराज कोइराला र गह मन्त्रालयअन्तर्गत कुनै जिम्मेवारी नपाएका राजेश्वर ज्ञवालीको अर्थ मन्त्रालयमा सरुवा भएको अर्थ मन्त्रालयले स्रोतले जनाएको छ।

यसैगरी, बिहीबार मात्रै कर्णाली प्रदेशको अर्थ मन्त्रालयमा रहेका सहसचिव चक्र बुढाको अर्थ मन्त्रालयमा सरुवा भएको थियो। अहिले बुढालाई बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारी दिइएको छ।

बजेट महाशाखा रहेका भूपाल बराललाई राजस्व व्यवस्थापन महाशाखामा लगिएको छ।

त्यसैगरी, राजस्व व्यवस्थापन महाशाखा प्रमुख रहेका रामेश्वर दंगाल सचिवमा बढुवा भएपछि सो महाशाखा रिक्त थियो ।

बिहीबार मात्रै अर्थ मन्त्रालयबाट भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाको लुम्बिनी प्रदेशमा र अर्थमन्त्रालयमा रहेका महेश आचार्यको मधेश प्रदेशमा सरुवा भएको थियो। राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्