२३ जेठ २०८३, शनिबार

युक्रेन सीमानजिक रुसले तैनाथ गर्‍यो महाविनाशक तोप (भिडियो)

फागुन १, २०७८
युक्रेन सीमानजिक रुसले तैनाथ गर्‍यो महाविनाशक तोप (भिडियो)

रुस र युक्रेनबीच युद्धको जस्तो परिस्थिति निर्माण भएपछि रुसले महाविनाशक तोप तैनाथ गरेको छ । 

आणविक कम प्रहार गर्न सक्षम २एस७ पियोन तोप रुसले वेसेला लोपानमा तैनाथ गरेको छ । युक्रेनको दोस्रो ठूलो शहर खारकीव नजिक तोप तैनाथ गरिएको हो । 

यस विनाशक तोपले ३७ किलोमिटरसम्म आणविक बमयुक्त गोला प्रहार गर्न सक्छ । 

यो तोपको गोलाले निकै ठूलो क्षेत्रलाई एक क्षणमा विनाश गरिदिन सक्छ । युक्रेन नेटोमा समावेश हुँदा संसारमा आणविक युद्ध हुन सक्ने चेतावनी रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले दिएलगत्तै यो तैनाथी गरिएको हो । 

युक्रेनमाथि रुसले कुनै पनि बेलामा आक्रमण गर्न सक्ने चेतावनी पश्चिमले लगातार दिइरहेको बेलामा अमेरिकाले किएभसिथ्त दूतावासका गैरआवश्यक स्टाफलाई देश छोड्न आदेश दिएको छ । 

यसैबीच रुसका गुप्तचर प्रमुख सर्गे नारयशकिनले युक्रेन पश्चिमी देशहरूसँग मिलेर रुसमाथि आक्रमण गर्न तयार रहेको दाबी गरेका छन् । मानवताको अस्तित्व नै दाउमा परेको उनको भनाइ छ । 

रुसका टीभी च्यानलहरूले युक्रेनी सेना दोनबास क्षेत्रमा आक्रामक कारवाही गरिरहेको बताएका छन् । युक्रेनको भूमिबाट रुसभित्र आतंकवादी आक्रमणका लागि जिम्मेवार व्यक्तिलाई आफूले पक्राउ गरेको रुसको दाबी छ । 

रुसका गुप्तचर प्रमुख पुटिनका निकट मानिन्छन् । उनले भने, ‘युक्रेन सेनाका सबै लडाकू युनिट दोनबास सीमामा तैनाथ भएका छन् । बेलायत र क्यानडाबाट हजारौं सैन्य उपकरण र विस्फोटक पदार्थ युरोपमा रहेको अमेरिकी अड्डाहरूमा पुगेका छन् । नेटोका विशेष बलहरूको सल्लाहकार जत्था निकै बढेको छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्